नेपाल न्युज प्वाइन्ट डटकम
जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं : सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर उनीहरूका परिवारलाई १०-१० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् ।

मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update