नेपाल न्युज प्वाइन्ट डटकम
सर्वाेच्चले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने

काठमाडौं : सर्वाेच्च अदालतले आउँदो भदाै २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने भएको छ । आज बसेको सर्वाेच्च अदालतको आकस्मिक बैठकले यो निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘जेन–जी’ को आन्दोलनका कारण सर्वाेच्च अदालत, सिंहदरबारसहित काठमाण्डौका प्रमुख प्रशासकीय भवनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।

प्रधानन्यायाधीश राउतले आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । यस्तै उनले आगजनी र नष्ट हुनबाट जोगिएका नागरिकको सम्पत्तिका रूपमा रहेका अदालतका मिसिल कागजातहरू र भौतिक स्रोतसाधनको संरक्षणमा खट्ने कर्मचारी, सुरक्षाकर्मीहरूलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update