खुल्यो त्रिभुवन विमानस्थल
-1757482198.jpg)
काठमाडौं : जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण बन्द रहेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि बन्द गरिएका हवाई उडानहरू सुचारु गर्ने निर्णय गरेको हो ।
‘हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दाै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ’, विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १६:१८
प्रतिक्रिया दिनुहोस्