कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी
-1757399195-1757399989.jpg)
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आगजनी भएको छ।
प्रदर्शनकारीहरूले मंगलबार मध्याह्न कांग्रेस कार्यालयमा आगजनी गरेका हुन्।
ढुंगामुढा गरेर झ्यालका सिसा तोडफोड गर्दै उनीहरूले आगजनी गरेका थिए।
जेनजी आन्दोलनमा सोमबार १९ जनाको मृत्यु भएपछि मंगलबार बिहानैदेखि आन्दोलन भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १२:२५
प्रतिक्रिया दिनुहोस्