प्रचण्ड निवासमा तोडफोड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा ताेडफाेड भएकाे छ । प्रदर्शनकारी एक समूह खुमलटारस्थित उनकाे निवासमा पुगेर ढुंगा प्रहार गरेका हुन् ।
प्रहरीले सुरक्षा दिइरहेकाे निवासमा चारैतर्फ रहेका प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै घरकाे सिसा फुटाइदिएका छन् । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १०:४६
प्रतिक्रिया दिनुहोस्