नेपाल न्युज प्वाइन्ट डटकम
गृहमन्त्री लेखकले राजीनामा दिने

काठमाडौं : गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन् । 

सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले आफूले राजीनामा दिने बताएका हुन् ।

सोमबारको प्रदर्शनमा ठुलो मानवीय क्षति भएकोले नैतिकताका आधारमा उनले पदबाट राजीनामा दिन लागेका हुन् ।   

आज काठमाडौं र अरू प्रमुख शहरमा भएको प्रदर्शनमा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update