जेनजी प्रदर्शन : गोली लागेर एक जनाको मृत्यु
-1757319511.jpg)
काठमाडौं : जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको हो ।
गोली लागेर घाइते भएका ती प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रदर्शनका क्रममा घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको पनि सिभिल अस्पतालले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १४:०३
प्रतिक्रिया दिनुहोस्