नेपाल न्युज प्वाइन्ट डटकम
जेनजी आन्दोलन : कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठलाई लाग्याे गाेली

काठमाडौं : कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गाेली लागेकाे छ । जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो ।

बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली लागेर घाइते भएका श्रेष्ठको हाल सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई रबरकाे गाेली लागेकाे र अवस्था खतरामुक्त रहेकाे बताइएकाे छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update