संसद भवनको दुई नम्बर गेटमा आगजनी
-1757315358.jpg)
काठमाडौं : जेन जी प्रदर्शनकारीले नयाँ बानेश्वरको संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।
नेपाल दर्ता हुन नमानेका सामाजिक प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय, भ्रष्टाचारलगयतका मुद्दामा आक्रोश जनाउँदै आज माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्ने भनेका प्रदर्शनकारी बानेश्वर पुग्दा आक्रोशित बनेका हुन् । बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १२:५६
प्रतिक्रिया दिनुहोस्