नेपाल न्युज प्वाइन्ट डटकम
बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू

काठमाडौं : जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो ।

त्यस्तै बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ ।

जेनजीहरूले गरेकोप्रदर्शनले उग्र रूप लिएको छ । उनीहरू प्रहरीको घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update