नेपाल न्युज प्वाइन्ट डटकम
स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ।

सोमबार स्कटल्यान्डमा भएको खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो। स्कटल्यान्ड दिएको २९७ रनको लक्ष्य नेपालले एक बल बाँकी छदा ९ विकेट गुमाएर पूरा गर्‍यो।

नेपाललाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो। तर सन्दीप लामिछाने ५ रनमा मार्क वाटको पहिलो बलमा क्याच हुन पुगे। त्यसपछि रिजन ढकालले पहिलो बल सामना गर्दा वाइड भयो। दोस्रो बलमा उनले रन लिन सकेनन् भने तेस्रो बलमा एक रन लिए। चौथो बलमा करण केसीले दुई रन लिन सफल भए। पाँचौ बलमा करणले फेरि दुई रन लिँदा स्कोर बराबरी भएको थियो।

जसका कारण नेपाललाई अन्तिम बलमा एक रन चाहियो। तर लगत्तैको बल वाइड हुँदा नेपालले एक विकेटको रोमाञ्चक जित निकाल्यो।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update