ओमानविरुद्ध नेपालको शानदार जित
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लीग २ अन्तर्गत ओमानमा जारी त्रिपक्षीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको छ ।
जारी शृंखलामा नेपाल क्यानडा र ओमानसँग २-२ खेल खेल्दै छ । आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको थियो ।
मंगलबारको खेलमा टस जिती ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाएका थिए। इनिङ्सको अन्त्यतिर करण केसीको योगदान पनि उल्लेख्य रह्यो ।
दोस्रो इनिङ्समा नेपालले घरेलु टोलीलाई १५० रनमै अलआउट गर्यो। नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले ३-३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३ १८:२४
प्रतिक्रिया दिनुहोस्



