लुम्बिनी लायन्सको अपराजित यात्रा कायमै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ । जितका लागि लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियाे । 

याे जितपछि ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा कायमै रहेको छ । पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो । जनकपुर ४ अ‌ंकसहित तालिकाकाे चाैथाे स्थानमा छ । 

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियाे ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।

बलिङतर्फ जनकपुरका लागि विशाल सुश्लिङ र राहुल यादवले समान २/२ विकेट लिए । त्यस्तै, ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १/१ विकेट हात पारे ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update