मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा १७ सदस्यीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।
नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने स्वर्णिम वाग्ले अर्थ, सोविता गौतम कानुन, शिशिर खनाल परराष्ट्र र विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रहेका छन् ।
त्यस्तै सुधन गुरुङलाई गृह, सुनिल लम्साललाई पूर्वाधार विकास र महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीहरूको मन्त्रालय तथा मर्यादाक्रम पनि हेरफेर गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३ १८:२६
प्रतिक्रिया दिनुहोस्


