रित्ता थाल बोकेर सुकुम्वासीको प्रदर्शन

काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् ।

सरकारले खाना दिन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाउँदै विरोध जनाएका हुन् । उनीहरूले सरकार विरोधी प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

सरकारले सूचना जारी गरी आजदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update