नेपाल न्युज प्वाइन्ट डटकम
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत गएका गुरुङ र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध तथा हालै नेपालमा आएको बाढीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

गृहमन्त्री गुरुङ स्वदेश फर्किन लागेका बेला दुई नेताबीच संक्षिप्त भेटवार्ता भएको जनाइएको छ । भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपालका गृहमन्त्री सुधन गुरुङलाई भेटेर खुसी लाग्यो ।’

बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार भारत पुगेका थिए । उक्त बैठक मंगलबार सम्पन्न भएको थियो । बैठककै क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए । गृहमन्त्री गुरुङ आज स्वदेश फर्किंदै छन् ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update