काठमाडौं : मलेसिया सरकारले श्रमिकको न्यूनतम तलब दुई हजार रिंगिट वृद्धि गरेको छ । शुक्रबार सार्वजनिक आगामी वर्ष २०२७ काे बजेटमा अर्थमन्त्रीकाे समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री अनवर इब्राहिमले न्यूनतम तलब २ हजार रिंगेट पुर्याइएको घोषणा गरे ।
मलेसियामा यसअघि न्यूनतम तलब १७०० रिंगिट थियो । तलब बढाउने निर्णयबाट ४० लाख बढी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारले जनाएको छ ।
नयाँ तलबमान सन् २०२७ को जुन महिनादेखि लागू हुने जनाइएको छ । यससँगै अब जुन २०२७ देखि नेपाली श्रमिकको पनि न्यूनतम मासिक तलब करिब साढे ७५ हजार रुपैयाँ हुने भएको छ ।
दक्ष कामदारको तलब भने २५ सय रिंगिट पुर्याउने प्रधानमन्त्रीको भनाइ छ । श्रमिकहरूको योग्यता र सीप अनुसार पारिश्रमिक सुधार गर्ने नीतिअन्तर्गत सरकारले यो निर्णय लिएको प्रधानमन्त्री इब्राहिमको भनाइ छ ।


