नेपाल न्युज प्वाइन्ट डटकम
अग्रिम टिकट बुकिङ खुला

काठमाडौं : आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको त्यहाँ घुइँचो लागेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो । 

यसैबीच, प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शंकर श्रेष्ठले चाडपर्वमा आपराधिक गतिविधि हुने सम्भावना अधिक भएकाले बसपार्क क्षेत्रका साथै अन्यत्र पनि शान्तिसुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको जानकारी दिए । त्यसनिम्ति सादा पोशाकमा प्रहरी परिचालन भएका छन् । 

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मंगलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update