काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन् । महाराजगन्जस्थित उनको निवासबाटै प्रहरीले जबरालाई नियन्त्रणमा लिएको हो ।
महाशाखा प्रमुख एसएसपी सन्तोष खड्काले भने राणलाई पक्राउ नभई सुरक्षा दिन ल्याइएको बताएका छन् । राणामाथि भौतिक क्षति हुन सक्ने देखेपछि राति नै ल्याइएको एसएसपी खड्का बताउँछन् ।
राणालाई पक्राउ गर्न उनको महाराजगन्जस्थित निवासमा राति १२/१ बजे प्रहरी पुगेको थियो। उनलाई प्रहरी कार्यालय ल्याउँदा ३ बजेको थियो ।
राणामाथि कोबाट सुरक्षा चुनौती थियो भन्ने कुरा बाहिर भन्न नसकिने एसएसपी खड्काले बताए ।
पछिल्ला केही महिनायता राणाको चर्चा निकै बढेको थियो । नेपालको न्यायिक इतिहासमा उनी प्रधानन्यायाधीश पदबाट विवादका बीच बहिर्गमन भएका थिए ।
केही महिनायता भने राणाको सक्रियता निकै बढेको थियो । उनले राजनीतिक नेतृत्वसँग भेट गर्ने र अदालतभित्र प्रभाव विस्तार गर्ने काम गरिरहेको स्रोतहरूको भनाइ छ । कतिपय मुद्दा प्रभावित बनाउने भूमिकामा पनि राणाको सक्रियता रहेको स्रोतको दाबी छ ।
राणाले पछिल्ला दिनमा सक्रिय बनाएको आर्थिक गतिविधि र राजनीतिक संगतबारे कूटनीतिक नियोगका भेटघाटमा पनि चर्चा हुने गरेको थियो । स्रोतका अनुसार भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार आयोजना गरेको बिदाइ भेटमा पनि उच्च अधिकारीहरूले राणाको नाम लिएरै उनका पछिल्ला अस्वाभाविक गतिविधिबारे चर्चा गरेका थिए ।
केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा राणाले आफूहरूलाई अनावश्यक रूपमा बदनाम गराएको उल्लेख गरेका थिए । स्रोतको दाबीअनुसार ओलीसँगको चार घण्टा लामो भेटमा उनीहरूको साझा बुझाइ आफूहरूमाथि समाजले ज्यादती गरेको भन्ने थियो ।



