त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैं आगो लगाएको राससलाई जानकारी दिए ।
आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए । के-कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगोलागी भएको बस र चालकको विवरण भने खुलेको छैन ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३ १३:५३
प्रतिक्रिया दिनुहोस्


