४२ उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौं : सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीमध्ये विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत उपसचिवहरू पनि छन् । मन्त्रालय तथा विभागमा कार्यरत केही उपसचिवलाई स्थानीय तहमा खटाइएको छ भने स्थानीय तहमा कार्यरत केही प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय, विभाग तथा अन्य सरकारी निकायमा सरुवा गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३ १८:४८
प्रतिक्रिया दिनुहोस्


