उद्योगमन्त्री यादवले दिइन् राजीनामा
काठमाडौं : उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
मन्त्री यादवले उद्योग समितिको बुधबारको बैठकमा 'उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन' भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३ १३:५६
प्रतिक्रिया दिनुहोस्


