नेपाल न्युज प्वाइन्ट डटकम
रसुवागढी सुरुङमा कोही फेला परेनन्

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका  गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो । उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति भेटिएन ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update