नेपाल न्युज प्वाइन्ट डटकम
रसुवा बाढी : ७३४ को मृत्यु, २ हजार ४९८ जना अझै सम्पर्कविहीन

काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले आइतबार दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले २ हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको बताए । उनकाअनुसार हालसम्म ८ सय ८१ जनाको बाढी प्रभाति क्षेत्रबाट उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये २ सय ६१ जना विदेशी नागरिक रहेको उनले जानकारी दिए । उनले ४ सयभन्दा बढी विदेशी पर्यकटहरु अझै पनि सम्पर्कविही अवस्थामा रहेको समेत जानकारी दिए ।

सचिव राईले सम्पर्कविहीन भएका नागरिकको खोज र उद्धारमा राज्य संयन्त्र पूर्ण क्षमातासहित परिचालित रहेको बताए । उनले बाढी प्रभावित नागरिकको विवरण परराष्ट्र मन्त्रालय, विपद् जोखिम न्युनिकरण एवं व्यवस्थापन प्राधिकरण, पर्यटन विभाग तथा आधिकारिक च्यानलबाट र्हेन सकिने समेत बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सुरक्षा निकायसहितको सहकार्यमा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरुमा खोज, उद्धार तथा राहतको कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update