प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी नदीमा आएको विपद्बाट प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब कोषमा जम्मा गर्न लागिएको हो ।
सरकारले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम प्रयोग गर्ने जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३ १३:२२
प्रतिक्रिया दिनुहोस्


