रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन
काठमाडौं : रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्कविहीन छन् ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन् । सो कार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकोमा एक जना सम्पर्कमा आएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १३:५५
प्रतिक्रिया दिनुहोस्


