त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली बजार आसपासका करिब ६० घरका साथै नदीमा रहेका दुई वटा पक्की पुल बगाएको छ ।
बाढीको पूर्व सूचना समयमै प्राप्त भएकाले त्रिशूली नदी आसपासका स्थानीय बासिन्दाहरू बेलैमा सुरक्षित स्थानमा सरेका थिए । जसका कारण हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
बाढीले भौतिक संरचनामा भने व्यापक क्षति पुर्याएको छ । जलविद्युत् क्षेत्रमा ठूलो आघात पुग्ने गरी बाढीले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । यसै गरी २५ मेगावाट क्षमताको सौर्य (सोलार) प्लान्टका तीन वटा ब्लक र सब स्टेसनसमेत बाढीले बगाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १२:४६
प्रतिक्रिया दिनुहोस्


