नेपाल न्युज प्वाइन्ट डटकम
भोटेकोशी नदीमा अचानक ठुलो बाढी

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक ठुलो बाढी आएको छ । बिहान करिब ९ः१५ बजेतिर तिब्बततर्फबाट ठुलो बाढी आएको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन् ।

परियारका अनुसार बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन । प्रशासनले घटनाबारे थप जानकारी संकलन तथा क्षतिको विवरण बुझ्ने काम गरिरहेको जनाएको छ ।

भोटेकोशी नदीमा पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्र जोखिममा पर्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

स्थानीय प्रशासनले नदीको बहावमा थप वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनारमा नजान र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update