नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ३ लाख ६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा ३ लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update