नेपाल न्युज प्वाइन्ट डटकम
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु, आइजिपीले गरे उद्घाटन

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ ।

एक्स्पोको मंगलबार प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले उद्घाटन गरे ।

साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू प्रदर्शनमा राखिएका छन् ।

एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता छ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update