बढ्यो सुनको मूल्य
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा छ हजार चार सय रुपैयाँले बढेको छ भने चाँदी एक सय १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार नौ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार सात सय ८० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार छ सय ७० रुपैयाँ कायम थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ ११:४४
प्रतिक्रिया दिनुहोस्


