सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
तोलामा सुन एक हजार रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
आज प्रतितोला चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने तोलामा चार हजार तीन सय २० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३ १२:२०
प्रतिक्रिया दिनुहोस्


