सुनचाँदीको मूल्य घट्यो
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु दुई हजार ४०० र चाँदी रु १६० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३४० कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०८३ ११:३९
प्रतिक्रिया दिनुहोस्


