नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा रु सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६१५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४५० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update