सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २७० कायम भएको छ ।
हिजो मंगलबार एक तोला सुन रु दुई लाख ७७ हजार ९०० र चाँदी रु चार हजार २८५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार १७, २०८३ ११:४५
प्रतिक्रिया दिनुहोस्


