नेपाल न्युज प्वाइन्ट डटकम
दही-चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रम सम्पन्न, स्वदेशी उत्पादनको प्रयोगमार्फत किसान र उद्योगीको मनोबल बढाउन जोड

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं होटल व्यवसायी नरेशलाल श्रेष्ठले विदेशी पाहुनालाई वेलकम ड्रिंक्सको रूपमा मोहीको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल डेरी एसोसिएसनको आयोजनामा ‘दही–चिउरा खाऔं, धान दिवस मनाऔं, स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढाऔं’ नारासहित आयोजित ‘दही–चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रम–२०८३’मा उपाध्यक्ष श्रेष्ठले दही–चिउरा प्रवर्धन कार्यक्रमले नेपाली संस्कृति, मौलिकता र परम्पराको जगेर्ना गर्ने र स्वदेशी उत्पादनको खपतले स्वदेशी मुद्रा बाहिरिनबाट बच्ने बताए ।

उनले स्वदेशका उद्योग र किसानको सम्मानका लागि सम्पुर्ण होटल व्यवसायीले विदेशी पाहुनालाई मेनुमै राखी मोहीद्वारा विदेशी पाहुनालाई स्वागत गर्नेु पर्ने बताए । उनले आफूले यो अभियान सुरु गरेको भन्दै  सम्पुर्ण होटल व्यवसायीलाई पनि आफ्नो मेनुमा मोही राख्न आग्रह समेत गरे । 

एसोसिएसनले हरेक वर्ष गर्ने कार्यक्रममा आफ्नो उपस्थिति रहने र कार्यक्रमले सम्पूर्ण डेरी उद्योगीहरूको उत्पादनको खपत बढ्ने कुरामा जोड दिँदै एसोसिएसनले गरेको कार्यको प्रशंसा गर्दै नेपाल उद्योग वाणिज्य महासंघ सदैव साथ रहेको बताए । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले मोहीको ब्रान्डिङमा आफू निरन्तर लागिरहेको भन्दै पछिल्लो समय मोहीको सेवन बढिरहेको बताए । विदेशी तथा आयात पेयपदार्थमा भन्दा स्वदेशी तथा स्वास्थ्यका लागिसमेत उपभोगी मोहीलाई प्रवर्धन सम्पूर्ण व्यवसायीको साथ र सहयोगको आवश्यकता रहेको बताए । 

राष्ट्रिय दुग्ध विकास बोर्डका शंकर अधिकारीले नेपाल डेरी एसोसिएसनले कार्यक्रममार्फत स्थानीय तथा मौलिक खाद्य संस्कृतिको संरक्षण, दही–चिउराको उपभोग प्रवर्धन, दुग्धजन्य पदार्थको माग वृद्धि तथा किसान र उद्योगीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले राखिएको यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताए । नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठले नेपाल डेरी एसोसिएसनले चलाएको मोही अभियान अत्यन्त सफल भएको र अब आउने दिनमा पनि यसरी नै अन्य प्रोडक्टको पनि बजार प्रवर्धन गर्नुपर्ने बताए ।

कार्यक्रममा कृषि तथा दुग्ध क्षेत्रबीचको अन्तरसम्बन्ध, राष्ट्रिय अर्थतन्त्रमा कृषक र दुग्ध व्यवसायीको योगदान तथा स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याएको थियो । उनीहरूले वर्तमान समयमा दुग्ध क्षेत्रले भोगिरहेका चुनौती, विशेषगरी दूधको उत्पादन, बजारीकरण, बिक्री वितरण, भुक्तानी व्यवस्थापन तथा उपभोग अभिवृद्धिका विषयमा समेत धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update