नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ६०० र चाँदी रु ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६९० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६४० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update