नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा रु एक हजार २०० र चाँदी रु १० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु चार हजार ९८०  कायम भएको छ ।

मंगलबार एक तोला सुनको मोल रु दुई लाख ९८ हजार ५०० र चाँदी रु चार हजार ९९० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update