नेपाल न्युज प्वाइन्ट डटकम
सत्तारुढ सांसद नै भन्छन्- बजेट फुलेको बेलुन जस्तै हो, कार्यान्वयन हुने विश्वास छैन

काठमाडौँ : रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुने विश्वास नभएको बताएका छन् । 

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै प्रतिनिधिसभा बैठकमा सांसद सिंहले आफू दक्षिण एसियाको राजनीतिको विद्यार्थीसमेत भएको भन्दै जीडीपीको ३२–३३ प्रतिशत कहीँ पनि बजेट नबनाउने भन्दै फुकिएको बेलुनको संज्ञा दिए । 

‘फुकिएको बजेट लामो समय टिक्दैन, त्यसकारण मलाई विश्वास छैन कि यो बजेट कार्यान्वयन हुन्छ,’उनले व्यङ्ग्य गर्दै भने–‘बजेट कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर हुन्छ, जापान हुन्छ, दुबई हुन्छ’ ।  सिंहले बोल्दाबोल्दै समय सकिएर माइक अफ भएपछि उनी रोष्टमबाट बेन्च फर्किएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update