तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।
सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु तीन लाख एक हजार ९०० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । सोमबार प्रतितोला रु चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९२५ निर्धारण भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३ ११:४१
प्रतिक्रिया दिनुहोस्


