नेपाल न्युज प्वाइन्ट डटकम
तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तीन लाख १० हजार एक सय रुपैयाँमा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख १० हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा २० हजार पाँच सय रुपैयाँले वृद्धि भएको थियो ।

यस्तै, चाँदीको मोल तोलामा १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार ३ सय ४५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ३ सय ५५ रुपैयाँ तय भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update