तोलामा साढे २० हजारले बढ्यो सुनको मूल्य
काठमाडौं : विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।
गत शुक्रबार दुई लाख ९० हजार रुपैयाँमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मूल्य ५ हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी ५ हजार ४० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३ ११:४३
प्रतिक्रिया दिनुहोस्


