नेपाल न्युज प्वाइन्ट डटकम
३१ सरकारी निकाय खारेज

काठमाडौं : सरकारले विभिन्न ३१ निकाय खारेज गर्ने भएको छ ।

शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन् ।

उनले ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनःसंरचना गरिने बताए ।

उनले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका  कर्मचारीको सेवासुविधा निरन्तर रुपमा वृद्धि हुने प्रवन्ध मिलाइएको समेत बताए । उनले साधारण खर्चमा मितव्ययिता कायम गरिने समेत बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update