नेपाल न्युज प्वाइन्ट डटकम
कलाकार सागर लम्साल पक्राउ

काठमाडौं : कलाकार सागर लम्साल पक्राउ परेका छन् । उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा बसोबास गर्दै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

सोही आरोपमा अनुसन्धान गर्नका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update