काठमाडौं : नेपाली महिलाहरुको महान् चाड तिज पर्वलाई लक्षित गर्दै गीतकार प्रेम संगमको शब्द रहेको नयाँ तिज गीत ‘मै कस्ती भाकि छु’ सार्वजनिक गरिएको छ ।
गीतमा गायिका नीता थापा मगरको स्वर रहेको छ भने राजकुमार बगरले संगीत सिर्जना गरेका छन् । गीतको संगीत संयोजन हेमन्त कान्छा रसाइलीले गरेका हुन् । गीतको अडियो त्रिवेणी डिजिटल स्टुडियोमा तयार गरिएको हो ।
गीतको भिडियोमा निशा मगर र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी मौसम बरालले गरेका छन् भने छायांकन, सम्पादन र रङ संयोजन निर्मल प्याकुरेलले गरेका छन् ।
यस्तै, भिडियोका उत्पादन व्यवस्थापक भीमप्रसाद पौडेल रहेका छन् । प्रकाश व्यवस्थापन खगेन्द्रले सम्हालेका छन् भने तस्बिर हरिराम रोकायाले खिचेका हुन् । भिडियो छायांकनका लागि सम्पदा प्रोडक्सन हाउसको उपकरण प्रयोग गरिएको छ ।
श्रीनाथ फिल्म्स, सुर्खेतमा भिडियो निर्माण गरिएको हो भने पोस्ट–प्रोडक्सन कृपा एन्ड कृतिका प्रोडक्सनले गरेको छ ।
तिज पर्व नजिकिँदै गर्दा सार्वजनिक गरिएको ‘मै कस्ती भाकि छु’ले नेपाली महिलाका भावना र तिजको सांस्कृतिक उत्सवलाई समेट्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ । गीत Pratiksha Sijapati नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ।


