नेपाल न्युज प्वाइन्ट डटकम
नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी संसदीय दलको नेता चयन भएका छन् । 

आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको सो पार्टीले जनाएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update