नेपाल न्युज प्वाइन्ट डटकम
बालेन क्याबिनेटमा को-को बन्दैछन् मन्त्री ?

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा आज नयाँ मन्त्रिमण्डल गठन हुँदैछ । जसमा प्रधानमन्त्रीसहित रक्षा मन्त्रनलयको जिम्मेवारी स्यवं शाहले सम्हाल्ने जनाइएको छ ।

स्वर्णिम वाग्लेको सचिवालयले दिएको जानकारी अनुसार डा.स्वर्णीम वाग्ले अर्थमन्त्री, सुदन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री,सोविता गौतम कानुन मन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री, सुनिल लम्साल भौतिक पुर्वाधार तथा यातायात, प्रतिभा रावल सामान्य प्रशासन/भूमी, सहकारी तथा गरिबी निवारण, सिता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्ने भएका छन् ।

यस्तै अमरेश कुमार सिहंउद्योग वाणिज्य तथा आपूर्ति,विराज भक्त श्रेष्ठ, उर्जा जलस्रोत तथा सिंचाई,निशा मेहता, स्वास्थ्य तथा जनसंख्या, गनेश पौडेल संस्कृति/पर्यटन,डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना,दीपक शाह श्रम रोजगार तथा सामाजिक सुरक्षा र गीता चौधरीकृषि तथा पशुपंक्षी बन्ने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update