नेपाल न्युज प्वाइन्ट डटकम
बालेन शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

शाहले आजै शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update