कांग्रेसले मंगलबारका लागि बोलायो केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौंः नेपाली कांग्रेसले मंगलबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो ।
यसअघि शुक्रबार र आइतबार दुई दिन उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले सभापति गगन कुमार थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो भने निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो ।
भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् । निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्



