नेपाल न्युज प्वाइन्ट डटकम
समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ । 

आयोगले बिहीबार एक कार्यक्रमका बीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरूलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन् ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका थिए ।

प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update